आजको राशिफल – बि.स.२०७४ बैसाख २२ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे ०५ तारिख । नेपाल सम्बत् १९३७ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुँनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउँनु हुँनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ ।
शुभ अंक — १,५ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुँनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ । घरपरिवार तथा आफन्त सँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ ।
शुभ अंक — ५,६ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । प्रेम प्रशङगमा रमाउँने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।
शुभ अंक — ६,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउँने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
शुभ अंक — २,५ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुँन सक्छ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुँनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुँनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थ जस्ता उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुले आफुले माया गरेको मानिसलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मान सम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुँनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ ।
शुभ अंक — ६,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ ।
शुभ अंक — २,७ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुँनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।
शुभ अंक — ३,८ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने मनग्गे धन संग्रह गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुँनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ ।
शुभ अंक — ६,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

Comment Here!